नवलपरासी स्ववियु निवार्चनको सरगमि बढ्यो ।।Added on 23 May, 2013रेडियो परासी,१० जेठ । आगामी स्ववियु निवार्चनको लागी पाल्ही बहुमुखी क्याम्पस परासीमा ८ वटा सँगठन दर्ता भएका छन । निवार्चन कार्यतालिका अनुसार सँगठन दर्ताको लागी आज अन्तिम म्याद रहेको थियो । चुनावको लागी दर्ता गर्नेमा एमाले निकटको अनेरास्ववियुले पहिलो नम्बरमा दर्ता गराएको छ भने काग्रेँस निकटको नेविसँघले दोस्रो नम्बरमा दर्ता गराएको छ ।विस्तृत समाचार
अखिल क्रान्तिकारी र मधेसी विद्यार्थि द्धारा सयुक्त मोर्चा बन्दिको घोषणाAdded on 23 May, 2013रेडियो परासी,१० जेठ । पाल्ही बहुमुखि क्याम्पस परासीमा क्रियाशिल एकिकृत माओवादि र मधेसवादी दल सम्बद्ध विद्यँर्थि सँगठनले सयुक्त मोर्चा बन्दिको घोषणा गरेका छन । क्याम्पसमा क्रियाशिल अखिल क्रान्तिकारी, मधेसी विद्यार्थि फोरम नेपाल, मधेसी विद्यार्थी फोरम नेपाल लोकतान्त्रिक, नेपाल विद्यार्थि मन्च, मधेसी विद्यार्थि फोरम गणतान्त्रिक, समाजवादी विद्यार्थि फोरम, समाजवादी विद्यार्थि नेपाल र तराई मधेस विद्यार्थि फ्रन्ट विच आज भएको छलफलले मोर्चाबान्दि गरि आगामि स्ववियु निवार्चनमा जाने निर्णय गरेको हो ।विस्तृत समाचार
भुमहीमा ३३ दलको जनसभा ।।Added on 23 May, 2013रेडियो परासी,१० जेठ । नेकपा–माओवादीका पोलिटब्युरो सदस्य इन्दंमोहन सिग्देल बसन्तले चार दलीय सिन्डीकेटले देशबेच्नका लागि चुनाबको तयारी गरेको बताउनुभएको छ । यथास्थिति संबिद्यानसभाको चुनाब गरे मुलुकको राष्ट्रिय स्वाधीनता बर्बाद हुने भन्दै नेता सिग्देलले चारदलले जनता ठग्ने र देश बेच्ने खेल खेलेको दावी गर्नुभयो ।विस्तृत समाचार
दश दिन देखि विजुलि नहुँदा स्थानिय समस्यामाAdded on 23 May, 2013रेडियो परासी,१० जेठ । नवलपरासीको सरावल गाविसको हात्तिवनामा विगत दश दिन देखि विजुलि नहुँदा स्थानिय समस्यामा परेका छन । गाउँमा रहेको ट्रान्सफरमर विग्रेर काटिएको लाईन जोडन विद्युतले वास्ता नगरेकोले आफुँहरु समस्यामा परेको स्थानिय रामकेशर शर्माले बताउनुभयो ।विस्तृत समाचार
नवलपरासीमा बम भन्दै राखिएको शंकास्पद वस्तु भित्र बालुवा र गिट्टिAdded on 09 May, 2013मोहन पौडेल/रेडियो परासी ।
२७ बैशाख ः नवलपरासीको मैनाघाट गाउं विकास समितिमा बम भन्दै राखिएको शंकास्पद वस्तु भित्र बालुवा र गिट्टि भेटिएकोछ । बम भएको भन्दै राखिएको शंकास्पद वस्तुका कारण विहिवार दिन भर त्यस क्षेत्रको जनजिवन आतंकित वनेको थियो एकिकृत घुम्ति सेवा सञ्चालन भईरहेको मैनाघाट—९ स्थित सरस्वति उच्च मा.बि.मा राखिएको सो शंकास्पद वस्तुका कारण दिन भर घुम्ति सेवाको काम समेत वन्द भएको थियोविस्तृत समाचार
National
मङ्सिरमा पनि चुनाव नहुने एकीकृत माओवादीका नेता पुनको भनाइ ।।Added on 23 Apr, 2013रेडियो परासी/गुल्मि,११ वैशाख । एकीकृत नेकपा माओवादीका स्थायी कमिटी सदस्य तथा पुर्व अर्थमन्त्री वर्षमान पुनले मंसिरमा पनि चुनाव नहुने बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ गुल्मीले मगँलबार तम्घासमा गरेको कार्यक्रममा उहाँले संयन्त्रमा रहेका दलहरुकै कारण चुनाव हुने अवस्था नरहेको दाबी गर्नुभयो ।विस्तृत समाचार
षड्यन्त्र भए माओबादी संघर्षमा–बलदेवAdded on 23 Apr, 2013रेडियो परासी/बुटवल,११ वैशाख । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा अवध मधेश राज्यसमिति इञ्चार्ज चन्द्र प्रकाश खनाल ‘बलदेव’ ले संविधानसभा निर्वाचन भाड्न षड्यन्त्र भए माओबादी संघर्षमा जाने चेतावनि दिनुभएको छ । माओवादीले असारमै निर्वाचन गर्न दबाब दिए पनि एमाले कांग्रेसले नमानेको भन्दै उहाले मंसिरमा पनि निर्वाचन भा“ड्ने सडयन्त्र विरुद्ध एमाओवादीले संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी गरेको बताउनुभयो ।विस्तृत समाचार
नागरिकता विद्येयक तत्काल खारेज गर्न मागAdded on 21 Apr, 2013रेडियो परासी, ०९ बैशाख । राष्ट्रिय जनमुक्ति पार्टीले संक्रमणकालिन अवस्थामा राष्ट्रिय सहमतिविना जारी गरिएको नागरिकता विद्येयक तत्काल खारेज गर्न माग गरेको छ । उसले सवैक्ष्ँेत्र काम चलाउ भएको अवस्थामा ल्याइएको विद्येयकबाट नागरिकता बाड्न नमिल्नेसमेत जनाएको छ ।विस्तृत समाचार
आज ६५ औँ कम्युनिष्ट स्थापना दिवस ।।Added on 21 Apr, 2013रेडियो परासी, ९ बैशाख । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको आज ६५ वर्ष पूरा भएको छ । कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको नेतृत्वमा सन १८७० मा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । आजको दिनलाई विश्वभर लेनिन दिवसका रुपमा पनि मनाउने गरिन्छ । नेपालका कम्युनिष्ट पार्टीहरुले आज बिबिध कार्यक्रम गरी स्थापना दिवस मनाउँदैछन् । यस अवसरमा काठमाण्डुमा आज कम्युनिष्ट युवा वामपन्थी नेताहरुको संयोजनमा नेपालको सन्दभृमान माक्सवादी विमर्श विषयमा कार्यक्रम हुँदैछ ।विस्तृत समाचार
मंसिरमा सविधानसभाको चुनाव महामन्त्री सिंह ।।Added on 18 Apr, 2013०६ बैशाख । अर्घाखाँची
नेकपा मसालका महामन्त्रि मोहन विक्रम सिंहले सविधान सभाको निर्वाचन मसिंरमा हुने बताए । असारमा प्रावधिक हिसावले र केहि राजनितीक कारणले सम्भव नभएको ंिसहले बताए । रिर्पोर्टस क्लब अर्घाखॉचीले आज सन्धिर्खकमा गरेको साक्षात्कारमा सिंहले सविधानसभाको निर्वाचन हुन नदिन नेकपा–माओवादी, एकीकृत माओवादी र भारत लागेको आरोप लगाउदै त्यसलाई सबैले खवरदारी गर्नु पर्ने बताए । उहॉले वर्तमान सरकारले सविधानसभाको निर्वाचन गर्ने सुनिश्चित गरेर काम गर्नुपर्ने पनि बताउनुभयो ।विस्तृत समाचार
Sports / Entertainement
राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स विजयीAdded on 09 May, 2013प्रमोद अर्याल/रेडियो परासी, २७ बैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट आइ पि एल का गएराती सम्पन्न खेलहरुमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स विजयी भएका छन । राजस्थान रोयल्स ले किँगस लेभेन पन्जावलाई र कोलकाता नाइट राइडर्सले पुने वरियर्सलाई पराजित गरेका हुन ।विस्तृत समाचार
डि(यूनिटी खैरेनी बिजयीAdded on 09 May, 2013कृष्ण पाठक/रेडियो परासी, २७ बैशाख सुनौलो बिहानी युवा क्लब सुनवल बनाहाद्वारा आयोजित विहिवारको खेल सुनवल निमावि को खेल मैदानमा सम्पन्न भएको छ। खेल डी(युनिटी खैरेनी रुपन्देही र भूमही खेलकुद विकास समिति रामनगर बीच सम्पन्न भएको हो। आजको खेलमा डि(यूनिटी खैरेनी द्ध(द्द ले बिजयी भएको छ।विस्तृत समाचार
कोलकाता नाइट राइडर्सले किँगस लेभेन पन्जावमाथी ६ विकेटको जितAdded on 26 Apr, 2013प्रमोद अर्याल/रेडियो परासी । १४ बैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट आइ पि एल को गएराती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले किँगस लेभेन पन्जावमाथी ६ विकेटको जित हात पारेको छ ।
कोलकाताको इडन गार्डेनमा टस जिती पहिले ब्याटिङ्ग गरेको पन्जावले राखेको १ सय ५० रनको लक्ष्य कोलकाताले निर्धारित ओभरको १० बल बाँकी छदै पुरा गरेको थियो ।विस्तृत समाचार
बेंगलोरका क्रिस गेलले सबैभन्दा थोरै बलमा सतक पुरा गर्दै किर्तिमान राखेAdded on 23 Apr, 2013प्रमोद अर्याल/रेडियो परासी, ११ बैशाख । आइ पि एल क्रिकेटको एउटै खेलमा धेरै किर्तिमान राख्दै रोयल च्यालेन्जर बेंगलोरले पुने वरियर्स माथी १ सय ३० रनको फराकिलो अन्तरले जित हात पारेको छ । बेंगलोरको मा चिन्नस्वामी स्टेडियममा सम्पन्न पुने र बेंगलोर विचको खेलमा बेंगलोरका क्रिस गेलले सबैभन्दा थोरै बलमा सतक पुरा गर्दै किर्तिमान राखे ।विस्तृत समाचार
दिल्ली डेयर डेभिल्स र किँगस लेभेन पन्जाव विजयीAdded on 21 Apr, 2013प्रमोद अर्याल/रेडियो परासी, ०९ बैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट आइ पि एल अन्तर्गत गएराती सम्पन्न खेलहरुका दिल्ली डेयर डेभिल्स र किँगस लेभेन पन्जाव विजयी भएका छन । मोहालीको पन्जाव क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पन्जावले पुने वरियर्सविस्तृत समाचार